८२ किलोग्राम गाँजा सहित १ जना पक्राउ


१२ जेष्ठ २०८२, आईतवार १५:४० मा प्रकाशित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा चौबिसे बस्ने २० बर्षीय अर्जुन लिम्बु रहेका छन् । हिजो राती पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाईकलमा ४ वटा बोरामा लोड गरि ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

गाँजा सहित पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here