अमेरीकामा बसेर नेपालको झल्को दिने ‘भिडियो’


१७ श्रावण २०७६, शुक्रबार १०:४० मा प्रकाशित

घर देश छोडेर परदेश गएपनि नेपाल र नेपाली प्रतिको माया मर्दैन भन्ने सन्देश विहिवार सार्वजनिक म्युजिक भिडियो ‘म त छम्म छम्म’ले दिएको छ ।

अमासी राईको शव्द संगीत तथा गायिका दिपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’मा शव्दमा मात्र होइन दृश्यमा समेत नेपालको झल्को दिने प्रयास गरीएको छ । घाँस,दाउरा,नेपाली पोषाक र हरीयाली देखिने नेपालका जस्तै डाँडा काँडामा छायाङ्कन गरीएको ‘म त छम्म छम्म’लाई निर्देशक तथा कोरीयोग्राफर नरमान राईले एक्सन कटको भुमिका निर्वाह गरेका छन् । धेरै म्युजिक भिडियोहरुमा अभिनय समेत गरीसकेका राई पछिल्लो समय कोरीयोग्राफी तथा निर्देशनमा बढी काम गरीरहेका छन् ।

म्युजिक भिडियोमा कुमारी राई,रेनुका चाम्लीङ लगायतको अभिनय रहेको छ ।भिडियोलाई राज लुङ्गलाईले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।धेरै चिसो मौषमका बावजुद पनि लामो दुरी सम्म पुगेर नेपाली पन झल्कने भिडियो बनाउने प्रयास गरेको निर्देशक राईको भनाई ।

हेर्नुहोस भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here