राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई पक्राउ परेको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा


४ जेष्ठ २०८२, शनिबार १८:४८ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको छ ।


शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको हो । बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरुले आवाज उठाउनुभएको र सभापति देउवाले जवाफ दिनुभएको बताउनु भयो ।

उहाँकाअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरुलाई स्मरण गराउनु भयो । बैठकपछि संसदीय दलको बैठकका निर्णय सुनाउने क्रममा प्रमुख सचेतक घिमिरेसँग सञ्चारकर्मीहरुले काँग्रेसका निलम्वित सांसदद्वय माया राई र मोहन बस्नेतको बारेमा प्रश्न गरेका थिए । 

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पार्नुभयो । काँग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here