रामायणले नेपाली समाजलाई जोड्ने काम गर्याे शिक्षामन्त्री पन्त


४ जेष्ठ २०८२, शनिबार १८:०३ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताउनुभएको छ ।


प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर महत्वपूर्ण काम गरेको बताउनु भयो ।

नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो । उहाँले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गर्नुभयो । 


उहाँले पछिल्लो समय माक्र्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरुको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भुमिका पनि स्मरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here