इजरायली हवाई आक्रमणमा गाजामा ८० जनाको मृत्यु


३ जेष्ठ २०८२, शुक्रबार ११:११ मा प्रकाशित


काठमाडौं । बिहीवार गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा ८० जना प्यालेस्टिनीको मृत्यु भएको र दर्जनौं घाइते भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएका छन् । खान युनिसको नासेर अस्पतालले दक्षिणी शहरमा भएको आक्रमणमा महिला र बालबालिकासहित ५४ जनाको मृत्यु भएको जनाएको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूकाअनुसार एन्क्लेभमा क्यान्सरका बिरामीहरूलाई चिकित्सा अनुगमन हेरचाह प्रदान गर्ने एक मात्र अस्पताल गाजा युरोपेली अस्पताल हालैका इजरायली आक्रमणहरूका कारण सेवाबाट बाहिर थियो । इजरायली आक्रमणहरूले ढल निकास लाइनहरू, आन्तरिक विभागहरूमा क्षति र अस्पताल जाने सडकहरूको विनाश जस्ता पूर्वाधारहरूमा उल्लेखनीय क्षति पु¥याएको छ ।

गाजा शहर र उत्तरी गाजाका अन्य क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा अन्य २६ जनाको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलवार चेतावनी दिएपछि हवाई आक्रमण भएको हो । इजरायली सेनाले हमासलाई पराजित गर्ने प्रयासहरू अगाडि बढाउन आगामी दिनहरूमा पूर्ण शक्तिका साथ गाजामा प्रवेश गर्नेछ । 


इजरायलले मार्च १८ मा गाजामा ठूलो मात्रामा सैन्य कारबाही पुनः शुरु गरेको थियो । पछिल्लो युद्धपछि २ हजार ८ सय ७६ प्यालेस्टिनीहरू मारिएका छन् । ७ हजार ८ सय भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले अक्टोबर ७, २०२३ मा युद्ध शुरु भएदेखि कुल प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५३ हजार १० पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here