हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी


३ जेष्ठ २०८२, शुक्रबार १२:५९ मा प्रकाशित


काठमाडौं ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताउनुभएको छ ।


शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताउनु भयो । हमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभइ अनिवार्यताको विषय भएको बताउनु भयो ।

जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको बताउनु भयो । ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको बतउनु भयो । 

मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here