काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदैसांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । उहाँले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताउनु भयो । उहाँले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताउनु भयो ।
सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरुको सफल कार्यन्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गर्नुभयो ।