अधुवा खोलामा तटबन्ध गरिने, ३० लाख बजेट


२५ बैशाख २०८२, बिहीबार १०:४५ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने भएको हो ।

योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बुधबार शिलान्यास गर्नुभएकाे । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटवन्धन गरिने भएको जनाईएको छ । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अहिले २ अर्ब भन्दा बढिका योजनाहरु सञ्चालन भईरहेको बताउनु भयो । उहाँले बुट्टाबारी- प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, चन्द्रमार्ग, गोकुल जोशी मार्ग लगायतका योजनाहरु नगर, प्रदेश र संघको बजेटबाट सञ्चालन भईरहेको जानकारी दिनु भयो ।

यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा विभिन्न कारणले लामो समयदेखि थाती रहेको तटवन्धन कार्य सुरु भएको बताउनु भयो । उहाँले उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्व सांसद विमला विक, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here