अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्नेगरी आमसञ्चार विधेयक ल्याइन्छः मन्त्री गुरुङ


२४ बैशाख २०८२, बुधबार १८:४२ मा प्रकाशित


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताउनुभएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताउनु भयो । उहाँले पछिल्लो समय प्रिन्ट र बोडकास्टिङ मिडिया भन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको बताउनु भयो । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गर्नुभयो ।

 
उहाँले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र र नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रश्ताव गर्न लागिएको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here