राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति


२४ बैशाख २०८२, बुधबार १८:३१ मा प्रकाशित


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । 


बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शितल निवासमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताउनु भयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भुमिका महत्वपूर्ण भएको बताउनु भयो । स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उहाँको भनाइ छ । उहाँले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताउनु भयो । उहाँले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र  सचेत बन्नुपर्नेमा जोड दिनुभयो । 


राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारितले समाजमा भ्रम सिर्जना अग्रसर भएको बताउनु भयो । उहाँले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिनुभयो ।

सामाजिक सञ्जालमा संप्रेसन भएका सामग्रीबाट  आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उहाँको भनाइ छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here