काठमाडौं । राष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताउनुभएको छ ।
नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो । संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उहाँको भनाइ छ ।
उहाँले सरकारको स्थायीत्वको अभावले नीतिगत काममा समे समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गर्नुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गर्नुभयो ।
उहाँले गैरआवासीय नागरिकताको अधिकारका विषय कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताउनु भयो ।
उहाँले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको बताउनु भयो ।