जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम शुरु


१८ बैशाख २०८२, बिहीबार १४:०८ मा प्रकाशित


जनकपुर । जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू शुरु भएका छन् ।


मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासकाअनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ । त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ । जानकी जन्मदेखि छठिहारसम्म हरेक साँझ ७ बजे मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ । 


मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here