शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउछु भन्नु दिवा सपना जस्तै होः राप्रपा सांसद शाही


१६ बैशाख २०८२, मंगलवार १२:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गर्नुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो टिप्पणी गर्नुभएको हो । आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनाताका छोराछोरीहरुले पढ्न नपाएको उहाँको भनाइ छ ।

उहाँले पटक पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै उहाँले यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने उहाँको जिकिर छ । उहाँले शिक्षक, विद्यार्थी तथा चिकित्सहरुका भातृ सङ्गठनहरु खारेज गर्नुपर्ने समेत बताउनु भयो । 

सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here