बिर्तामाेड । झापाकाे बिर्तामाेडमा दिन दहाडै लाखाैं मुल्यकाे धनमाल चाेरी भएकाे छ । बिर्तामोड नगरपालिका-४ हिमशिखर टोलमा घरकाे ढाेका फुटाएर लाखाैं मुल्यकाे धनमाल चाेरी भएकाे हाे ।
हिमशिखर टोलका कमला कार्कीको घरमा कोही नभएको समयमा चाेरी भएकाे प्रहरीले जनाएकाे छ । घरमा काेही नभएकाे समयमा दुईतले घरको पहिलो तलाको मुल ढोकाको फुटाएर चोरी भएको हो ।
दराजमा राखेकाे नगद ७० हजार नगद, सुनको ढिक अन्दाजी ५ तोला, सुनको हातमा लगाउने ब्रासलेट १ थान, सुनको सिक्री थान २ गरी जम्मा ५ तोला, औठी थान २, चन्द्रमा ४ आनी, सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।