माग सम्बोधन नहुँदा चिकित्सकहरूको आन्दोलन आज पनि जारी 


१६ बैशाख २०८२, मंगलवार १०:२६ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरूले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जनकारी गराएको छ ।

हिजो (सोमवार) प्रेस विज्ञप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने भए पनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जनकारी गराएका हुन् ।

यस्तै,संघले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोही समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ ।

विज्ञप्ति जारी भएको मितिको २४ घण्टा मित्र मागको सटिक सम्बोधन नभएमा, चिकित्सकहरू अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि संघको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here