सम्पदामा राजनीति नगरौँः उपप्रमुख डंगोल


१२ बैशाख २०८२, शुक्रबार १५:०२ मा प्रकाशित


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताउनुभएको छ ।


शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभइ नेपाली नै सहभागी हुनुपर्ने बताउनु भयो ।

उहाँले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउनु भयो । उहाँले सम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताउनु भयो । सम्पदाहरु  नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताउनु भयो । 

उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनःनिर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here