भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न प्रधानमन्त्रीको जोड


१२ बैशाख २०८२, शुक्रबार १३:०४ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।


शुक्रवार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गर्नुभयो । भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने बताउनु भयो । यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । 


प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्वन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गर्नुभएको सहयोग असाधारण रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here