शिक्षामन्त्री पन्तले आज सपथ ग्रहण गर्ने


११ बैशाख २०८२, बिहीबार १०:३८ मा प्रकाशित

काठमाडौं– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

उनले आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा शपथ ग्रहण गर्ने छन् । 

शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको समयमा भट्टराईले राजीनामा दिएकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here