साढे पाँच लाखको कस्मेटिक सामान नियन्त्रणमा


१० बैशाख २०८२, बुधबार १०:५४ मा प्रकाशित

झापाको बुद्धशान्तिस्थित बर्ने चिया बगानबाट प्रहरीले अवैध कस्मेटिक सामान बरामद गरेको जनाएको छ । ती सामानहरु झन्डै साढे ५ लाख रुपैयाँको रहेको प्रहरीले जनाएको छ ।

बुद्धशान्ति–४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा विभिन्न सवारी साधनहरु हिजो साँझ अन्दाजी ७ः३० बजे जाँच गर्ने क्रममा ती सामान नियन्त्रणमा लिइएको हो ।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३४४९ नम्बरको गाडीलाई जाँच गर्दा बिलबिना ५ लाख ३४ हजार ७४५ रुपैयाँबराबरको विभिन्न कस्मेटिक सामानहरु फेला परेको थियो ।

ती सामानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ । ती सामानको धनीको बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here