दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो


२८ चैत्र २०८१, शुक्रबार १४:३९ मा प्रकाशित

काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।

यहीं चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here