दुर्गा प्रसाईं काकडभिट्टाबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं लगिँदै


२८ चैत्र २०८१, शुक्रबार १०:३६ मा प्रकाशित

२९ चैत, काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ ।  प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।

उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।

भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । 

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here