वीरगञ्जबाट तरुण दलका जिल्ला सदस्यसहित २ जना अपहरित


१५ श्रावण २०७६, बुधबार २२:०० मा प्रकाशित

पर्सा । वीरगन्जबाट दुई दिनमा २ जना युवकको अपहरण भएको खबर प्राप्त भएको छ । पर्साको विन्दवासीनी गाँउपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनिवेश चौरसिया र वीरगन्ज महानगरपालिका १९ इनर्वा निवासी ३५ वर्षीय अरमान अली अपहरणमा परेको उनीहरुका परिवारजनले बताएका छन् ।

मंगलबार दिउँसो करिब २ बजे वीरगन्जको घण्टाघर चोकबाट मधवलका चौरसियालाई उनकै गाँउका दुइ जनाले मोटरसाइकलमा जबरजस्ती चढाएर भारतको रक्सौलतर्फ लिएर गएको परिवारजनले बताएका छन् । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अपहरणमा परेको भनिएका चौरसिया, नेपाल तरुण दलको जिल्ला सदस्य पनि हुन् । चौरसियालाइ उनकै गाउँका उत्तम तिवारी र इजराउलले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लिएर गएको खबर पाएपछि बुधबार रक्सौल गएर खोजतलास गर्दा पनि चौरसिया फेला नपरेको परिवारजनले बताएका छन् । बुधबार बिहान इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंह सहितको टोलीले सादा पोशाकमा भारतको रक्सौलतर्फ खोजतलास समेत गरेका थिए ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ६ इनर्वाका ३५ वर्षीय अरमान अली पनि अपहरणमा परेको उनका परिवारजनले बताएका छन् । गत सोमवार बिहान ५ बजे गाँउकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यहि दिन बिहानदेखि अपहरणमा परेका हुन् । मस्जिदबाट नमाज पढेर घर फर्किएका अरमानलाइ कसैले फोन गरेर बोलाएको र उनी त्यसपछि घर नफर्किएको परिवारजनले बताएका छन् । मंगलबार बिहान  ८ बजेतिर अरमान आफंैले आफनो मोबाइलबाट घरमा रहेकी दिदीलाई फोन गरेर आफु अपहरणमा परेको र फिरौती रकम नदिए आफुलाइ अपहरणकारीले मार्ने धम्की दिएको बताएको परिवारजनले बताएका छन् । अरमानले दिदीलाइ फोन गरेलगत्तै उनको मोबाइल स्वीच अफ भएको परिवारजनले जानकारी दिएका छन् ।

मंगलबार अरमानको फोन आएलगत्तै अरमान अपहरणमा परेको खबर प्रहरीलाइ गरिएको परिवाजनले बताएका छन् । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने २ जना युवक सम्पर्कविहिन भएको सूचना प्रहरीलाई आउने बित्तिक्कै उनीहरुको खोजतलाशमा प्रहरी परिचालन गरिएको जानकारी दिए । अपहरणमा नै परेको भनेर भन्न सक्ने अवस्था अहिले नरहेको भन्दै प्रहरी उपरीक्षक राठौरले दुवै जनाको खोजीका लागि प्रहरी परिचालन भइसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here