दमकमा कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण


१५ श्रावण २०७६, बुधबार २१:४० मा प्रकाशित

झापा । झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ ।

दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् । दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताए । राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको उनले बताए ।

पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहनुभएका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here