वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।
शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । प्रहरीकाअनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान शुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भन्नुभयो, ‘शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ । प्रहरीले घटनाको अनुसन्धानलाई तिब्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताएको छ ।