गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन


१५ चैत्र २०८१, शनिबार ११:२८ मा प्रकाशित


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गर्नुभएको छ । 


शनिवार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरुले क्षतिग्रस्त भएका स्थानहरुको अनुगमन एवं निरीक्षण गर्नुभएको हो । शुक्रवारको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पती तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिवार उक्त क्षेत्रको अनुगमनका लागि जानुभएको हो । राजावादीहरुको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here