देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी


११ चैत्र २०८१, मंगलवार १५:२३ मा प्रकाशित



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताउनुभएको छ ।


मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताउनुभएको हो । उहाँले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।

मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ । उहाँले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किेनेहरु समेत रहेको बताउनु भयो । उहाँले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत बताउनु भयो ।

वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भएपनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उहाँको तर्क छ । उहाँले अबको दश वर्षमा दशलाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताउनु भयो । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताउनु भयो । 


वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुलाई फेरि वैदेशिक रोजगारमा नफर्किने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here