१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल शुरु हुँदै


११ चैत्र २०८१, मंगलवार ११:०९ मा प्रकाशित


काठमाडौं । १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ । 


काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ ।  प्रत्येक वर्ष ५ लाख युवायुवतीहरु नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत छैन ।

विदेशमा जानेहरु विभिन्न रोजगारीमा जाने गरेका छन् । यो तुरुन्त सम्बोधन गर्नुपर्ने विषय हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्कुलका अध्यक्ष मनोज शर्मा काठमाडौंसहित देशका प्रमुख शहरहरुबाट पनि सीपयुक्त जनशक्ति तयार गर्ने तयारी भइरहेको बताउनु हुन्छ ।

उहाँकाअनुसार यो समस्या रोजगारीको नभइ सीपको हो । बजारमा रोजगारीका अवसरहरु छन् तर जसलाई रोजगारदाताहरुले खोजिरहेका छन् त्यस्तो सक्षम जनशक्ति बजारमा नरहेको उहाँको भनाइ छ । उपयुक्त जनशक्ति रोजगारदाताले पाएको अवस्था छैन ।

जनशक्ति छ तर सीपयुक्त जनशक्ति छैन । प्रत्येक वर्ष नेपालमा उत्पादन हुने जनशक्तिलाई सीपयुक्त बनाउने र बजारसँग जोड्ने काम गरिने बताउनु भयो । 

काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी र केयर गिभिङमा शुरु भएको काम बिस्तार गर्नेछ भने इभि प्रविधिको क्षेत्र भएकाले यसको मर्मतसम्भारका लागि नयाँ जनशक्ति तयार गर्नुपर्ने आवश्यकतालाई समेत प्राथमिकतामा राख्नेछ ।  

तालिमका प्रकारहरु छोटो समय र लामो समय गरी दुई प्रकारका हुनेछन् । कोही नेपालीहरु बाहिर काम गरेर फर्केका छन् भने उनीहरुलाई रिफेर्सल कोर्सहरु दिने, अहिले काम गरिरहेकालाई क्षमता बिस्तार गर्ने हिसावले स्ीप दिन सकिने शर्मा बताउनु हुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here