ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन १० वर्ष लाग्छ : शिक्षामन्त्री


१४ श्रावण २०७६, मंगलवार १३:५८ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन समय लाग्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७५ मा बोल्दै मन्त्री पोखरेलले नयाँ प्रणाली लागू भएको २/३ वर्षमै नतिजा राम्रो आइ नहाल्ने बताए । ‘२/३ वर्षदेखि ११/१२ को नतिजा हेरेर शिक्षा प्रणालीको आलोचना गरिरहनु भएको छ। यो त १० वर्ष अघिको साथीहरूको मिहिनेत हो’, उनले भने, ‘अहिलेको प्रणालीको नतिजा आउन १० वर्ष लाग्छ ।’

सामुदायिक विद्यालयको नतिजा माथि देखाउन ग्रेडिङ प्रणाली लागू नगरेको समेत उनले बताए । ‘शिक्षा मन्त्रालयले १८ वर्षअघि अनुसन्धान गरेर तयार पारेको रिपोर्टले शिक्षामा ग्रेडिङ प्रणाली आवश्यक रहेको उल्लेख छ’, उनले भने, ‘त्यो रिपोर्टलाई आत्मसाथ गर्दै शिक्षा प्रणाली सुधारमा जरूरी छ भनेर नै ल्याइएको हो ।’

शिक्षामा उत्तरदायी प्रणाली निर्माण गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अनिमात्रै शिक्षा क्षेत्र हेर्न लायक हुने उल्लेख गरे ।शिक्षा जनशक्ति उत्पादन गर्ने क्षेत्र भएका कारण यसमा अझ ठूलो बहस आवश्यक भएको समेत उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here