स्ववियु निर्वाचन : मोरङमा अखिल क्रान्तिकारीले खोल्यो खाता, एक मतले विजयी भए अनिश


४ चैत्र २०८१, मंगलवार १७:५१ मा प्रकाशित

मोरङ । स्ववियु निर्वाचन अन्तर्गत मोरङमा माओवादीको भातृसंगठन अखिल  क्रान्तिकारीले खाता खोलेको छ ।  

मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाइलो क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीले जितेको हो । 

क्रान्तिकारीका अनिश कार्कीले नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गरेका हुन् । 

अनिशले ५६ मत ल्याउँदा मदनले ५५ मत ल्याएका छन् । यस्तै, सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोइरालाले ६२ मत ल्याएर विजयी भए । 

सचिवका नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत ल्याए । यसअघि उक्त क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेको थियो । 

यसअगाडि भएको चुनावमा क्रान्तिकारी र नेविसंघ एकै ठाउँमा भएर चुनाव लडेका थिए । त्यतिबेला भने एमालेको अनेरास्ववियुले प्यानल नै जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here