स्ववियु निर्वाचन : आज रातिदेखि मौनअवधि सुरु हुँदै


१ चैत्र २०८१, शनिबार १०:३४ मा प्रकाशित

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ।

मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन्।

निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आंगिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो। त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here