खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी


२६ फाल्गुन २०८१, सोमबार १७:२८ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।


सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गर्नुभयो ।

उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताउनु भयो । उहाँले विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बतउनु भयो । 

मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here