काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरु खोल्न नहुने बताउनुभएको छ ।
सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रमा लगानी बढाउन समेत निजी क्षेत्रलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्र उद्योग नभएकाले अत्याधिक मुनाफा कमाउने उद्देश्य नराख्न आग्रह गर्नुभयो ।
उहाँले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरु खोल्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले समाजलाई अशोभनीय खालका कुराहरु हटाउनुपर्ने जरुरी रहेको बताउनु भयो । सिंगो समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेको बताउनु भयो ।