काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिनुभएको छ ।
बिहीवार महोत्तरीमा बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उहाँले पूर्वराजा शाहलाई चुनौति दिनुभएको हो । उहाँले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताउनु भयो ।
उहाँले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गर्नुभयो । उहाँले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौति दिनुभयो । छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निवाृचन लड्न उहाँको चुनौति छ ।
अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताउनु भयो । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गर्नुभयो । उहाँले आफू मधेसबिरोधी नभएकोसमेत बताउनु भयो ।