काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिनुभएको हो । उहाँले सरकारले कुलमानलाई हटएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको बताउनु भयो ।
उहाँले दशरथ रंगशाला केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उहाँको भनाइ छ ।