पहिलो रोजाइमा नपर्दा सन्दीप र सोमपाल एकअर्काविरुद्ध खेल्न पाएनन्


१४ श्रावण २०७६, मंगलवार १०:५२ मा प्रकाशित

काठमाडौँ । ग्लोबल टी–२० लिग खेल्न क्यानडा पुगेका नेपालका बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी आ–आफ्नो टिमको पहिलो रोजाइमा पर्न असफल भएका छन् ।

सुरुवाती दुई खेल गुमाएका सन्दीप र सोमपाल आइतबार राति सिंगापुरबाट क्यानडा गएका थिए । दुवै सिंगापुरमा आयोजना भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा भाग लिएपछि उतैबाटै क्यानडा प्रस्थान गरेका थिए । सन्दीप टोरोन्टो नेसन्स र सोमपाल विनिपेग हक्समा आबद्ध छन् । दुवै टिमबीच सोमबार राति खेल भएको थियो ।

खेलमा सोमपालको विनिपेगले सन्दीपको टोरोन्टोलाई ३ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको टोरन्टोले ७ विकेटको क्षतिमा २१६ रन जोड्यो । टोरन्टोका लागि केइरन पोलार्डले २१ बलमा ५२ रन र रोद्रिगो थोम्सले ६५ रन जोड्यो ।

विनिपेगले अन्तिम बेलमा ७ विकेटको क्षतिमा लक्ष्य पार गर्यो । उसका लागि क्रियन लियोनले ४८ बलमा ८९ रन र सनी सोहले २७ बलमा ५८ रन जोडे । जारी लिगमा विनिपेग ३ मध्ये २ खेलमा जित हात पारेको छ भने टोरन्टो ३ खेलमा २ खेलमा पराजित भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here