काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिनेकुरामा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै नागरिकलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको बताउनु भयो ।
उहाँले स्वास्थ्य बीमाअन्तर्गत कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्ने बताउनु भयो । उहाँले कसैले उपचार नगरी उपचार गराएँ भनेर भुक्तानी लिन्छ भने उसको सम्बधन खारेज गर्ने बताउनु भयो ।
मन्त्री पौडेलले राज्यले नागरिकाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व दुर्गम भेगमा पनि कसरी पूरा गर्ने भन्नेकुरामा सरकारले बढी जोड दिइरहेको बताउनु भयो । उहाँले दक्ष जनशक्तिलाई स्वदेशमै कसरी राख्ने भन्ने चुनौति रहेको बताउनु भयो ।