बुद्धशान्ति । नमूना विद्यालयका रुपमा विकास भएको झापा बुद्धशान्ति १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयले ऐतिहासिक पूनर्मिलन समारोह साँस्कृतिक तथा साहित्यक कार्यक्रम सम्पन्न गरेको छ ।
वि.सं. २०१७ सालदेखि हालसम्मका विद्यालय सञ्चालन समिति, व्यबस्थापन समितिमा रही काम गरेका ७५ वर्ष माथिका महिला अग्रज तथा ८० वर्ष माथिका अग्रजहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयको स्थापनाकालदेखि हाल सम्मका विद्यालयका साहित्यकारहरुको साहित्य गोष्ठी समेत गरिएको थियो ।

हिजो उद्घाटन भएको कार्यक्रममा मरणोप्रान्त सम्मान, जग्गादाता सम्मान, पुर्व शिक्षक सम्मान, बि ब्य स स्म्मान शिक्षक अ, ब्य सम्मान, कर्मचारी सम्मान लगायत विभिन्न बिधामा सम्मन गरिएको थियो ।
पुर्व प्र.अ धन ब. श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पर्वतीय साहित्यकार प्रतीक ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले यस्ता ऐतिहासिक कार्यक्रमले पर्यटन प्रवद्र्धनमात्र नभएर भावना साटासाटमा पनि सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष मनोरथ तिवारीले स्वागत मन्तब्यसगै औचित्यमाथी प्रकास पार्दै बिद्यालयलाई योगदान गरेका अग्रज तथा पुर्व विद्यार्थीलाई बिद्यालय मै पहिलो पटक यस्तो ऐतिहासिक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले पुरानालाई सम्मान गर्दा नयाँ पुस्तालाई ज्ञान मिल्नुका साथै प्रेरणा मिलोस भनेर यस्तो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । कार्यक्रम संचालन शिक्षक माधव बरालले गर्नु भएको थियो ।
२०१७ सालमा स्थापना भएको बुद्ध आदर्श माध्यमिक विद्यालयमा हाल १ हजार ६०० बढी विद्यार्थी अध्ययनरत छन् । ११ र १२ तर्फ मानविकी, शिक्षा, व्यबस्थापन र विज्ञान संकायमा पठनपाठन भइरहेको छ ।