महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाई अभियान हुने


१२ फाल्गुन २०८१, सोमबार १५:५७ मा प्रकाशित

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ ।


सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताउनु भयो । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको उहाँको भनाइ छ ।


कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा विक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ । यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्नसक्ने कोषले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here