रारामा पर्यटकीय चहलपहल बढेसँगै धमाधम नयाँ डुङ्गा थपिँदै


१४ श्रावण २०७६, मंगलवार १०:३८ मा प्रकाशित

मुगु । रारा तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढेसंगै नयाँ डुङ्गाहरु थपिएका छन् ।

रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत लाल बहादुर भण्डारीका अनुसार पछिल्लो समय रारा हेर्न आउने पर्यटकको भिडभाडका कारण डुङ्गा धेरैबेर पर्खनपर्ने र पालो नपाउँदा त्यसै फर्कने गरेको गुनासो बढेपछि राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा २ वटा र डिभिजन वन कार्यालय मुगुबाट २ गरी चारवटा नयाँ डुङ्गाहरु थपिएका हुन् ।

यसअघि रारामा जम्मा २ बटा मात्र पुराना डुङ्गा थिए पर्यटकको चाप भएको बेला कतिपय डुङ्गा शयर गर्ने इच्छा हुँदाहुँदै पनि त्यसै फर्कनुपर्ने स्थिती रहेको थियो जसले गर्दा राराको ब्यवस्थापनको नकारात्मक सन्देस जाने गरेको बताउँछन् अधिकृत लाल बहादुर भण्डारी । तर अब ४ वटा नयाँ डुङ्गा थपिएसँगै अबका दिनमा पर्यटकहरुले सहजताका साथ ताल शयर तथा अवलोकन गर्न सकिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here