अनधिकृत रुपमा बनेका संरचना भत्काएर न्हुँ पोखरीमा हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर


१२ फाल्गुन २०८१, सोमबार १४:०२ मा प्रकाशित


ललितपुर । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ ।


सोमवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन शुरुवात गरेर यस्तो बताउनुभएको हो । उहाँले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताउनु भयो । नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उहाँको भनाइ छ । 

ललितपुर महानगरपालिकिाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूँले पोखरी क्षेत्रलाई पुरानै अवस्थामा फर्काइने बताउनु भयो । उहाँले आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्ने पोखरी क्षेत्रमा  वृद्धवृद्धाहरुका लागि विश्राम स्थालको समेत व्यवस्था गरिने बताउनु भयो ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पोखरी क्षेत्रमा रहेको वडा भवन अन्यत्र सारेर पोखरीलाई पुरानै अवस्थामा निर्माण गर्न अभियानमा लागेको बताउनु भयो । 

पोखरी निर्माण सम्पन्न भएपछि वृद्धवृद्धा तथा युवायवतीका लागि विश्रामस्थालको व्यवस्था हुने महानगरपालिकाले जानकारी दिएको छ । पोखरीमा माछापालनलगायतको वृहत योजनासमेत अघि सारिएको  महानगरपालिकाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here