जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली


१० फाल्गुन २०८१, शनिबार १७:५१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताउनुभएको छ ।


शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्ने बताउनु भयो ।

उहाँले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताउनु भयो । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताउनु भयो । उहाँले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गर्नुभयो ।

उहाँले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरु गर्नेकुरालाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताउनु भयो । उहाँले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताउनु भयो । उहाँले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताउनु भयो । 


प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको जिकिर गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here