काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाउनुभएको छ ।
ललतिपुरमा शुक्रवारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताउनु भयो । उहाँले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रिय कमिटीमा एकमत रहेको बताउनु भयो ।
प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रिय सदस्यहरुले खेल्नुपर्ने भुमिकाका बारेमा केन्द्रिकृत भएको बताउनु भयो । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रश्ताव बैठकमा गरिएको उहाँको भनाइ छ ।
प्रवक्ता खतिवडाले निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीति चुनौतिको सामना गर्नसक्ने पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्नुभयो । आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरुको पङ्ति रहेकाले राजनीतिमा देखिएको शुन्यतालाई चिर्नसक्ने जिकिर गर्नुभयो ।