काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई कालो झन्डा देखाइएको छ ।
मालपोत कार्यालय साँखुमा निरीक्षणका लागि पुगेकी मन्त्री अर्याललाई केही युवाहरूले कालो झण्डा देखाएका हुन् । सोमबार दिउँसो मन्त्री अर्याल साँखु पुगेकी थिइन् । मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्याल नापी कार्यालय पनि पुगेकी थिइन् । त्यसपछि फर्कने क्रममा अर्याललाई युवाहरूले राजीनामा माग्दै कालो झण्डा देखाएका हुन् ।





