अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दुः शेखर कोईराला


२८ माघ २०८१, सोमबार १८:३९ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताउनुभएको छ ।


सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताउनु भयो । उहाँले लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने बताउनु भयो ।

उहाँले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउनु भयो । नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भएपनि दुई ठूला दलको सरकार हुँदा निरंकुशताको डर हुने बताउनु भयो । उहाँले गलतलाई गलत भन्ने आँट नभए नेपाली काँग्रेसको औचित्य सकिने बताउनु भयो । 


नेता कोईरालाले अध्यादेश सरकार चल्नै नसक्ने अवस्था भए मात्रै ल्याउनुपर्ने बताउनु भयो । भूमि सम्बन्धी अध्यादेश जस्ताको त्यस्तै पास भए केही गर्न नसकिने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here