सप्तक संगीत विद्यालयकाे अन्तरक्रियासहित सांगीतिक कार्यक्रम सम्पन्न


२६ माघ २०८१, शनिबार १९:४० मा प्रकाशित

बिर्तामोड।  सप्तक संगीत विद्यालय बिर्तामोड ५ झापाले वरिष्ठ लोकगायक जीतेन राईसंग अन्तरक्रियासहित सांगीतिक कार्यक्रम गरेको छ ।   सप्तक संगीत विद्यालयका  संस्थापक कृष्ण अधिकारीको अध्यक्षता तथा वरिष्ठ लोकगायक जीतेन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सप्तक संगीत विद्यालयका अध्यक्ष संगीत गुरू सरोज वत्सले स्वागतहित औचित्यमाथी प्रकाश पारेका थिए।

   उनले अहिलेपनि लोकगीतको क्रेज उत्तिकै  बढेको बताउंदै आफूहरू लोकगीत संगीतको संरक्षण एवम् सम्वर्द्धन गर्न लागीपर्ने जनाए । कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरूले  वरिष्ठ लोकगायक जीतेन राईका स्वरबद्द गीतहरू गाएर सुनाउँदा गायक राई मन्त्रमुग्ध बनेका थिए।

उनले सप्तक संगीत विद्यालयका विद्यार्थीहरूको कला देखेर आफू प्रभावित बनेको बताए।  उनले पाश्चात्य गीतसंगीतले गर्दा नेपाली मौलिक लोकगीतसंगीत ओझेलमा परेको बताउँदै अवको युवापुस्ता नेपाली मौलिक लोकगीतसंगीतको संरक्षण गर्न जुट्नु पर्ने जनाए। सप्तक संगीत विद्यालयका  संस्थापक संरक्षक  डाः सुवेदीले वरिष्ठ लोकगायक  राईका गीत कालजयी रहेको बताउँदै ती गीत अहिलेका युवापुस्तामाझ पनि उत्तिकै लोकप्रिय रहेको जनाए।

कार्यक्रममा सप्तक संगीत विद्यालयले वरिष्ठ लोकगायक जीतेन राईलाई सम्मान गरेको थियो। सप्तक संगीत विद्यालयका  संस्थापक संरक्षक  डाः कुमार सुवेदी, अध्यक्ष संगीत गुरू सरोज वत्स,  संस्थापक कृष्ण अधिकारीलगायतले वरिष्ठ लोकगायक जीतेन राईलाई सम्मान पत्र प्रदान गरेको सञ्चालिका सञ्जिवनी पौड्यालले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here