झापाको बिर्तामोडमा आर्या एकेडेमीको नयाँ शाखा विस्तार


२३ माघ २०८१, बुधबार ०९:३२ मा प्रकाशित

बिर्तामोड । शैक्षिक परामर्श सेवामा क्रियाशील आर्या एकेडेमीले आफ्नो सेवा विस्तार गर्दै झापाको बिर्तामोड स्थिीत नयाँ भद्रपुर रोडमा अवस्थिीत साथी मेडिकलको तेस्रो तलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

विदेश अध्ययन तथा भिसा परामर्श सेवा प्रदान गर्दै आएको यस संस्थाले झापा र आसपासका विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा उपलब्ध गराउने उद्देश्य राखेको आर्या एकेडेमी झापा शाखाका कार्यालय प्रमुख नारायण पेख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले विदेश अध्ययनका अवसर, छात्रवृत्ति, विश्वविद्यालय छनोट तथा भिसा प्रक्रियासम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । झापाको बिर्तामोडमा आर्या एकेडेमीको नयाँ शाखा विस्तारका प्रमुख पदाधिकारीहरूका अनुसार संस्थाले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन उच्चस्तरीय परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उनीहरूले यो शाखाले विशेष गरी युरोप, अमेरिका, अस्ट्रेलिया, जर्मन, फिनल्याण्ड, लगायतका गन्तव्यका लागि परामर्श प्रदान गर्ने बताएका छन् । कक्षा दैनिक बिहान ६ बजेदेखी बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । आयल्स तथा पिटिई कक्षा पनि सञ्चालन हुने जनाईएको छ ।

विद्यार्थीहरूका लागि सहज पहुँच र विश्वासिलो सेवा उपलब्ध गराउन बिर्तामोड शाखा प्रभावकारी हुने अपेक्षा गरिएको छ । आगामी दिनमा थप शैक्षिक तथा अभिमुखीकरण कार्यक्रमहरू आयोजना गर्ने योजनासमेत संस्थाले अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here