निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली


२२ माघ २०८१, मंगलवार १५:०४ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताउनुभएको छ ।


मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरबिरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताउनु भयो ।

उहाँले निरोगी नेपालका लागि व्यापक  प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने बताउनु भयो । उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताउनु भयो । 


स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताउनु भयो । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । सन् २०३० सम्म पाठेघरको क्यान्सरबिरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here