झापा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको फार्मले अतिक्रमण हटाउन वर्षेनि पहल गरिरहेको छ ।
फार्मका कार्यालय प्रमुख एवम् वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर ९८४ बिघा० जग्गा रहेको विं.सं. २०५४ मा प्रकाशित राजपत्रमा उल्लेख छ । तर अहिले ३४ हेक्टर क्षेत्रफलभन्दा बढी फार्मले भोगचलन गर्न पाइरहेको छैन ।
बाँकी रहेको धेरैजसो जग्गा अतिक्रमणमा परेको छ । स्थानीय सँधियार र सुकुम्बासी गरी ७० परिवारले जग्गा अतिक्रमण गरेको फार्मले दाबी गरेको छ ।