साँची ग्रुपका ९० जनाद्वारा मरणोप्रान्त आँखा दान


१३ माघ २०८१, आईतवार १८:५६ मा प्रकाशित

झापा । बिर्तामोडमा ९० जनाले एकैदिन मरणोप्रान्त आँखा दान गरेका छन् ।  मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आज साँची ग्रुपले आयोजना गरेको ‘आँखा दान किन र के का लागि’ भन्ने अभिमुखिकरण कार्यक्रमका विच आँखा दान गरेका हुन् ।

आँखा दान कार्यक्रमका संयोजक पुष्कर अधिकारीले कसैले पुनर्जिवन पाउने भएकाले निर्धक्क भएर आँखा दान गर्न सबैलाई आग्रह गर्नु भयो। कार्यक्रममा बाल्दै ग्रुपका केन्द्रीय अध्यक्ष सहदेव प्रधान संजिवले साँची ग्रुपले विदेश पलायन हुँदै गरेका युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो ।


उहाँले आउँदा दिनमा पनि साँचीले समाज परिवर्तन लक्षित  विभिन्न कार्यक्रम सञ्चालन गर्दै लैजाने बताउनु भयो ।यस्तै कार्यक्रममा बोल्दै आँखा अस्पतालकी परामर्शदाता प्रभा खनालले साँची ग्रुपको यस अभियानले अरुलाई पनि प्रेरणा  मिल्ने बताउनु भयो ।

ग्रुपका सञ्चालक स्व. आलोक तिम्सिनाको सपना साकार पार्न आँखादान कार्यक्रमको आयोजना गरिएको जनाईएको छ । कार्यक्रममा आँखा दान गर्ने सबैजनालाई प्रमाण पत्र प्रदान गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here