भाटभटेनी सुपरमार्केटको कर प्रणाली ह्याक गरेको आरोपमा दुई जना पक्राउ


१२ माघ २०८१, शनिबार १४:०९ मा प्रकाशित

काठमाडौं – भाटभटेनी सुपर मार्केटको कर प्रणाली ह्याक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भइ हाल चितवन बस्दै आएका सन्तोष पराजुली र गोरखाका परिन पाण्डे रहेका छन् ।

भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीको यु्जर नाम र पासवर्डमा पहुँच पुर्‍याएर कर दाखिलाको विवरण फरक पारेको आरोप उनीहरुमाथि छ । दुवै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवनबाट पक्राउ गरेको छ । चितवनमा अडिट फर्म चलाएर बस्ने उनीहरूलाई भाटभटेनीले गरेको उजुरीपछि पक्राउ गरेर उनीहरुविरुद्ध अनुसन्धान थालिएको छ । 

भाटभटेनीले ६ करोड २६ लाख ९४ हजार रुपैयाँ कर तिर्नु पर्नेमा प्रणालीमा गलत सूचना थप गरेर त्यसलाई १३ करोड पुर्‍याइएको प्रहरीको दाबी छ । ‘कुल बिक्री २ अर्ब ३४ करोड १६ लाख ४२ हजारको ६ करोड २६ लाख ९४ हजार हुनु पर्नेमा १३ करोड ९ लाख ५९ हजार पुर्‍याइएको पाइयो,’ सीआईबीले प्रतिवेदनमा भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here